यी हुन् भारतबाट आएकाहरुलाई राख्न उपत्यकामा तोकिएका होटल क्वारेन्टिन
शुक्रबार, २४ वैशाख २०७८, १६ : ५७
काठमाडौं । सरकारले भारतबाट आएका पर्यटकहरूलाई राख्न उपत्यकाका विभिन्न होटलहरुलाई क्वारेन्टिन तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको गत बैशाख १९ गतेको निर्णयअनुसार एयर बबल सुविधा अन्तर्गत भारतबाट हवाई उडान मार्फत नेपाल आउनेहरूका लागि उपत्यकाका विभिन्न स्थानका ८ वटा होटलहरुलाई क्वारेन्टिनको रुपमा तोकिएको छ ।
जसमा गोदावरीको भ्यू भृकुटी, गुह्यश्वरीको माधव होटल, एयरपोर्टको होटल एयरपोर्ट, गौशालाको आमलम्दम्, रिडर्स ईन र आनन्द आश्रम, जगातीको फार्म हाउस रिसोर्ट र जगातीकै अर्को ए वान रिसोर्ट तोकिएको छ । यी होटलहरूमा भारतबाट आएकाहरुले अनिवार्य १० दिन होटल क्वारेन्टिनको रुपमा प्रयोग गर्नुपर्नेछ भने सेवाग्राहीहरुबाट होटलले बढीमा दिनको ३ हजारसम्म लिन पाउने गरि सरकारले दर रेट तोकिदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण