गौशाला र कोटेश्वरको काउन्टरबाट बढी भाडा असुल्ने ३ जना पक्राउ
काठमाडौं । काठमाडौंको गौशाला र कोटेश्वरको यातायात काउण्टरबाट ट्राफिक प्रहरीले सार्वजनिक सवारीका यात्रुसँग बढी भाडा असुल्ने ३ जनालाई पक्राउ गरेको छ । कोटेश्वरबाट धनुषा घर भएका कृष्ण देवकोटा र झापा घर भएका खड्गबहादुर भण्डारीलाई पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गौशालास्थित यातायात काउण्टरबाट पक्राउ पर्नेमा दोलखाको सिंगटी घर भएका ३४ वर्षीय राम सुरेल छन् ।
उपत्यकामा निषेधाज्ञा लागू भएपछि उपत्यका छाड्न खोज्ने यात्रुसँग उनीहरुले चर्को भाडा असुल्ने गरेको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले रातोपाटीलाई बताए । सवारी–साधनका कर्मचारी र यातायातका कर्मचारीले विदेशबाट फर्किएर यात्रुसँग अझै धेरै रकम असुल्ने गरेको महाशाखाले जनाएको छ ।
शुक्रवार पक्राउ परेका दुई जनाले बसमा झापा र मोरङ जान चाहने यात्रुसँग ३ हजार देखी ४५ सय असुल गरेको बताइएको छ । उनीहरुबारे महानगरीय प्रहरी वृत्त बानेश्वर र गौशालाले अनुसन्धान गरिरहेका छन् । बिहीबार ट्राफिक प्रहरीले गोंगवु र कलंकीबाट ६ जनालाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण