भैरहवाको भीम अस्पतालले भन्यो– अक्सिजन पुर्याउन सकिएन आफैं व्यवस्थापन गर्नु
शुक्रबार, २४ वैशाख २०७८, १८ : २३
बुटवल । भैरहवाको भीम अस्पतालले बिरामीलाई अक्सिजन नसक्ने भन्दै आफै व्यवस्थापन आग्रह गरेको छ । आज एक सूचना जारी गरेर अस्पताल प्रशासनले कोभिड १९ का बिरामीको अत्याधिक चाप भएकोले अक्सिजन नपुग्ने भन्दै बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको जनाएको हो ।
‘हालको विद्यमान अवस्थामा कोभिड १९ का बिरामीहरुको अत्याधिक चापका कारणले अक्सिजन सप्लाई नपुग्ने भएकाले हाललाई भर्ना भएका बिरामीलाई अक्सिजन पुर्याउन नसक्ने अवस्था रहेको छ’ अस्पतालले भनेको छ, ‘सम्पूर्ण महानुभावहरूमा सोही अनुसार व्यवस्थापन गर्नु हुन सूचित गरिन्छ ।’
भीम अस्पताल प्रदेश सरकारले घोषणा गरेको कोरोना अस्पताल हो । बिरामीले बेड भरिएपछि अस्पतालले खुल्ला ठाउँमा राखेर सेवा दिइरहेको छ । हाल उक्त अस्पतालमा ५ आइसीयुसहित २० वटा एचडियु बेड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण