जनताको सेवामा पूर्ण समर्पित हुन राप्रपाको आह्वान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोभिड–१९ संक्रमणबाट जोगिन भौतिक दूरी कायम र मास्कको अनिवार्य प्रयोगलगायत स्वास्थ्य मापदण्ड पालना गर्न जनसमुदायमा आग्रह गरेको छ । कोरोनाले निम्त्याएको विपद्को हालको समयमा जनताको सेवामा पूर्ण रुपले समर्पित हुन दलका सबै तहका नेता कार्यकर्तालाई पनि राप्रपाले आह्वान गरेको छ ।
पार्टीका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नागरिकको जीवन रक्षाका निम्ति गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । मुलुक कोभिड–१९ बाट नराम्रोसँग जुधिरहेको, कैयौँ नेपालीले ज्यानसमेत गुमाउनुपरेको, अस्पतालमा शय्या र अक्सिजन आपूर्तिमा कमीका कारण उपचारमा समस्या पैदा भएका अवस्थामा खोपमा कमिसनका समाचारले जनतालाई स्तब्ध र आश्चर्यचकित तुल्याएको विज्ञप्तिमा उल्लेख गर्दै उक्त कार्यको छानबिन र कारवाहीको माग पनि राप्रपाले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, माओवादीका उप्रेती र एमालेका मगर मन्त्री
-
मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित
-
जेठ १९ मा गोपीकृष्ण राष्ट्रिय पुरस्कार बाँडिने
-
बाल मन्दिर जग्गा विवादमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
सत्ता अदल–बदलले हिक्मतकुमार कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न सफल