जनताको सेवामा पूर्ण समर्पित हुन राप्रपाको आह्वान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोभिड–१९ संक्रमणबाट जोगिन भौतिक दूरी कायम र मास्कको अनिवार्य प्रयोगलगायत स्वास्थ्य मापदण्ड पालना गर्न जनसमुदायमा आग्रह गरेको छ । कोरोनाले निम्त्याएको विपद्को हालको समयमा जनताको सेवामा पूर्ण रुपले समर्पित हुन दलका सबै तहका नेता कार्यकर्तालाई पनि राप्रपाले आह्वान गरेको छ ।
पार्टीका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नागरिकको जीवन रक्षाका निम्ति गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । मुलुक कोभिड–१९ बाट नराम्रोसँग जुधिरहेको, कैयौँ नेपालीले ज्यानसमेत गुमाउनुपरेको, अस्पतालमा शय्या र अक्सिजन आपूर्तिमा कमीका कारण उपचारमा समस्या पैदा भएका अवस्थामा खोपमा कमिसनका समाचारले जनतालाई स्तब्ध र आश्चर्यचकित तुल्याएको विज्ञप्तिमा उल्लेख गर्दै उक्त कार्यको छानबिन र कारवाहीको माग पनि राप्रपाले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण