कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ पुग्यो
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
दोस्रो लहरको हालसम्मको अवधिमा मृत्यु हुनेको सङ्ख्या पहिलो लहरको भन्दा दुई गुना बढी हो । गत वर्ष जेठदेखि चैतसम्म कर्णालीमा ४० सङ्क्रमितको मृत्यु भएको थियो भने दोस्रो लहरको शुरुआतमै यो सङ्ख्या बढेर ८२ पुगेको हो ।
निर्देशनालयका अनुसार हालसम्म एक लाख दुई हजार ९९३ जनामा आरटी पिसिआर परीक्षण गरेकामध्ये १० हजार ६३३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षण १० हजार २०६ मध्ये एक हजार ९८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित भएकामध्ये आठ हजार ४४ जना विभिन्न आइसोलेशन तथा अस्पतालबाट निको भएर डिस्चार्ज भएसँगै कर्णालीमा अब सक्रिय सङ्क्रमित तीन हजार ८१८ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण