गण्डकीमा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, २६ वैशाख २०७८, १५ : ०१
पोखरा । गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पोखरामा २७२ सहित गण्डकीमा ३७९ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार गोरखामा ६०, तनहुँमा ६६,बाग्लुङ २०, स्याङजा २०, लमजुङ ९, पर्वत ३, मुस्ताङ १,नवलपरासी पूर्वमा १ र म्याग्दीमा १ गरी थप ३७९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२ हजार ९७९ पुगेको छ ।
यसैबीच प्रदेशमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । एकैदिन यति धेरै संख्यामा मृत्यु भएको प्रदेशमै पहिलो घट्ना हो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण