कर्णालीमा एक सय ७१ जना संक्रमित थपिँदा २ सय बढी डिस्चार्ज
पछिल्लो दिनमा कर्णालीमा डिस्चार्ज हुनेको संख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ७१ जना कोरोना संक्रमित थपिँदा दुई सय दश जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।
पछिल्लो समय कर्णालीमा कोरोना जित्नेको संख्या बढ्न थालेको स्वास्थ्य सेवा निर्देशनालयका सुचना अधिकारी नोदनारायण चौधरीले बताए । होम आइसोलेशन र अस्पतालका आइसोलेसनबाट डिस्चार्ज हुनेमा सुर्खेतका एकसय २६, जाजरकोटका ३३, सल्यानका २४, कालिकोटका १३, रुकुमपश्चिमका आठ, डोल्पाका चार र जुम्लाका दुई जना छन् ।
शनिवार मात्रै दुई सय ४६ जनाले कोरोना संक्रमण जितेर घर फर्किएको उनले बताए ।
हाल प्रदेश भर तीन हजार आठ सय ८२ जना संक्रिय संक्रमित रहेका छन् । जसमा होम आइसोलेशनमा तीनहजार पाँचसय ७० जना छन् भने तीन सय १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कर्णालीमा पछिल्लो २४ घण्टामा दुई सय ११ जनामा गरिएको पीसीआर परीक्षणमा एकसय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्ला केही दिन यता संक्रमित डिस्चार्ज हुने क्रम बढेपनि मृत्यु हुनेको दर पनि बढिरहेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । सुर्खेतका चार जनाको प्रदेश अस्पतालमा, सल्यानका दुई जनाको होमआइसोलेशनमा मृत्यु भएको छ । होम आईसोलेशनमा मृत्यु भएको घटना कर्णालीमा पहिलो हो । यस्तै मेहलकुना अस्पताल सुर्खेतमा एकजना र दैलेख अस्पतालमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र बाँकी पुरुष छन् । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण