महामारीको एक वर्षपछि लाओसमा कोरोनाका कारण पहिलो मृत्यु
कोरोना महामारी सुरु भएको एक वर्ष बढी भइसक्यो, यस्तोमा दक्षिणपूर्वी एशियाली देश लाओसमा कोभिड–१९ का कारण पहिलो मृत्यु भएको राज्य सञ्चालित भियानटियानी टाइम्सले जानकारी दिएको छ ।
लाओसको राजधानी भियानटियानीमा अवस्थित भियत्नामिज क्यारिओके क्लबका ५३ वर्षकी कर्मचारीको कोरोनाका कारण मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गठन कार्यदलले आइतबार जानकारी दिएको छ ।
भियानटियानी टाइम्सका अनुसार ती महिलाको मधुमेह तथा अन्य स्वास्थ्य समस्याका कारण स्वास्थ्य अवस्था जटिल बनेको थियो ।
गत अप्रिल १४ मा नयाँ वर्षको बिदापछि लाओसमा कोभिड–१९ संक्रमण बढिरहेको देखिएको छ ।
शनिबारसम्म लाओसमा १२ सय ३३ जना कूल संक्रमित भेटिएका थिए । अघिल्लो महिना कूल संक्रमितको संख्या ११ सय ८४ रहेको जोन होप्किन्स युनिभर्सिटीको डाटामा उल्लेख छ । शनिबार एकैदिन २८ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो समयमा लाओसमा ज्येष्ठ नागरिक भाइरसद्वारा ग्रसित भइरहेका छन् र उनीहरुको स्वास्थ्य अवस्था पनि निकै जटिल बन्ने गरेको लाओसको स्वास्थ्य मन्त्रालयका उपमहानिर्देशक बौआथेप फाउमिनले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण