भारतको सरकारी अस्पतालमा अक्सिजन सिलिन्डर भर्न ५ मिनेट ढिला हुँदा ११ को मृत्यु
भारतको आन्द्र प्रदेशमा एक अस्पतालको आइसीयू वार्डमा अक्जिनको आपूर्ति रोकिएपछि ११ बिरामीको मृत्यु भएको छ । यो घटना सोमबार राती तिरुपतिको रुइया सरकारी अस्पतालमा भएको बीबीसी हिन्दीले जनाएको छ ।
अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर भारतीले यो दुर्घटना अक्सिजनको आपूर्तिको प्रेशरमा कमी आएका कारण भएको र भेन्टिलेटरमा राखिएका ११ बिरामीको मृत्यु भएको जानकारी दिएका छन् ।
घटनाको खबर पाएर अस्पताल पुगेका चित्तूरका जिल्लाधिकारी एम हरि नारायणनले दुर्घटना राती साढे आठ बजे भएको हो । उनका अनुसार अक्सिजन सिलिन्डरलाई पुनः भर्नमा पाँच मिनेट ढिलो हुँदा बिरामीको ज्यान गएको हो ।
जिल्लाधिकारीका अनुसार अस्पतालमा अक्सिजनको कमी थिएन । उनले घटना लगत्तै ३० डाक्टर भागेर आइसीयू पुगेको बताए ।
उनले भने, ‘प्रेसर मुश्किललले पाँच मिनेट कम रह्यो । यतिबेला एउटा ट्याङ्कर आयो तर जबसम्म त्यसबाट अक्सिजन आपूर्ति बहाल गरियो, त्यतिबेलासम्म ११ बिरामीको मृत्यु भयो । ’
उनले पाँच मिनेट भित्र अक्सिजन सप्लाई बहाल गरिएको र हाल स्थिति सामान्य भएको बताए । यसै कारण अन्य थुप्रै मानिसहरुको ज्यान बचाउन सकियो ।
घटनाका बेला अस्पतालको आइसीयू वार्डमा र अक्सिजन बेड्समा लगभग ७ सय कोभिड बिरामीको उपचार भइरहेको थियो । साधारण वार्डमा अन्य ३ सय बिरामी भर्ना थिए ।
आन्द्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले घटनामाथि दुःख जताउँदै घटनाको छानबिनको आदेश दिएका छन् । साथै उनले सबै राज्यको अस्पतालमा लगातार निगरानी राख्न पनि आदेश दिएका छन् ।
सामाजिक कार्यकर्ता लिसिप्रियाले यो घटनापछि अस्पतालमा निम्तिएको खैलाबैलाको भिडियो सोसल मिडियामा पोस्ट गरेका छन् । भिडियोमा अस्पतालको बेडमा अक्सिजन र भेन्टिलेटर सपोर्टमा भएका बिरामी देख्न सकिन्छ ।
Shocked to hear that over 13 people died now due to shortage of Oxygen in Tirupati, Andhra Pradesh. 😭pic.twitter.com/cfequALp85
— Licypriya Kangujam (@LicypriyaK) May 10, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण