बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको सरकारी अस्पतालमा अक्सिजन सिलिन्डर भर्न ५ मिनेट ढिला हुँदा ११ को मृत्यु

मङ्गलबार, २८ वैशाख २०७८, ०८ : ३७
मङ्गलबार, २८ वैशाख २०७८

भारतको आन्द्र प्रदेशमा एक अस्पतालको आइसीयू वार्डमा अक्जिनको आपूर्ति रोकिएपछि ११ बिरामीको मृत्यु भएको छ । यो घटना सोमबार राती तिरुपतिको रुइया सरकारी अस्पतालमा भएको बीबीसी हिन्दीले जनाएको छ ।

अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर भारतीले यो दुर्घटना अक्सिजनको आपूर्तिको प्रेशरमा कमी आएका कारण भएको र भेन्टिलेटरमा राखिएका ११ बिरामीको मृत्यु भएको जानकारी दिएका छन् ।

घटनाको खबर पाएर अस्पताल पुगेका चित्तूरका जिल्लाधिकारी एम हरि नारायणनले दुर्घटना राती साढे आठ बजे भएको हो । उनका अनुसार अक्सिजन सिलिन्डरलाई पुनः भर्नमा पाँच मिनेट ढिलो हुँदा बिरामीको ज्यान गएको हो ।

जिल्लाधिकारीका अनुसार अस्पतालमा अक्सिजनको कमी थिएन । उनले घटना लगत्तै ३० डाक्टर भागेर आइसीयू पुगेको बताए ।

उनले भने, ‘प्रेसर मुश्किललले पाँच मिनेट कम रह्यो । यतिबेला एउटा ट्याङ्कर आयो तर जबसम्म त्यसबाट अक्सिजन आपूर्ति बहाल गरियो, त्यतिबेलासम्म ११ बिरामीको मृत्यु भयो । ’

उनले पाँच मिनेट भित्र अक्सिजन सप्लाई बहाल गरिएको र हाल स्थिति सामान्य भएको बताए । यसै कारण अन्य थुप्रै मानिसहरुको ज्यान बचाउन सकियो ।

घटनाका बेला अस्पतालको आइसीयू वार्डमा र अक्सिजन बेड्समा लगभग ७ सय कोभिड बिरामीको उपचार भइरहेको थियो । साधारण वार्डमा अन्य ३ सय बिरामी भर्ना थिए ।

आन्द्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले घटनामाथि दुःख जताउँदै घटनाको छानबिनको आदेश दिएका छन् । साथै उनले सबै राज्यको अस्पतालमा लगातार निगरानी राख्न पनि आदेश दिएका छन् ।

सामाजिक कार्यकर्ता लिसिप्रियाले यो घटनापछि अस्पतालमा निम्तिएको खैलाबैलाको भिडियो सोसल मिडियामा पोस्ट गरेका छन् । भिडियोमा अस्पतालको बेडमा अक्सिजन र भेन्टिलेटर सपोर्टमा भएका बिरामी देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप