मस्याङ्दीमा ट्रक खस्दा २ जनाको मृत्यु
तनहुँ । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनी तर्फ आउँदै गरेको ना३ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा स्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो । घटना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
मृतक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृतकका साहिँलो भाइ हिरा कँडेलले जानकारी दिए । गाउँको घर बाग्लुङ भए पनि हाल डेरा गरी चितवनको नवलपरासीमा बस्दै आएको उनले बताए । उनका अनुसार दुवै दाजुभाइ पराल लोड गरेर पोखरातर्फ गएका थिए । मृतक दुवै एकै घर परिवारका दाजुभाइ हुन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण