बालविवाह गर्ने र गराउने पक्राउ
मङ्गलबार, २८ वैशाख २०७८, १८ : १२
काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–५ बाट बालविवाह गर्ने बेहुला र विवाह गराउनेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–४ घर भएका २६ वर्षीय मिथिलेश पाल र उनका सानोबुवा फुलचन पाल छन् । देवानगञ्ज–१ घर भएकी १८ वर्षीय कल्पनाकुमारी पाल र मिथिलेश पालको बीचमा विवाह हुँदै थियो । प्रहरीले उनिहरुलाई विवाह मण्डपबाट पक्राउ गरेको हो ।
उनीहरुको विवाह कार्यक्रम फुलचन पालको घरमा हुँदै थियो । २० वर्ष पुरा नभइ विवाह गरेमा ३ वर्ष कैद वा ३० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । विवाहसम्बन्धी कसुरमा म्याद लिएर आरोपीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण