गण्डकीमा थप ६२४ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १५६ जनामा गरिएको पीसीआर परिक्षणमा ६३२ जनामा संक्रमण देखिएको हो । मंगलबार प्रदेशका ११ जिल्ला मध्ये मनाङ बाहेक अन्य जिल्लाहरुमा कोरोना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीमा ३५६ जना, स्याङजामा ८६, पर्वतमा ६०, नवलपरासी पूर्वमा ४५, तनहुँमा ३७ जना रहेका छन् । त्यस्तै गोरखामा २५, म्याग्दीमा ८, लमजुङमा ३, बाग्लुङ र मुस्ताङमा २÷ २ जना रहेका छन् । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २४ हजार ५०६ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ११२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ हजार १८५ पुगेको छ । प्रदेशमा अहिले ६ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रदेशका पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशमा कोरोना संक्रमणका कारण २८८ जनाको मृत्यु भएको छ । प्रदेशमा अहिलेसम्म ५ हजार ८७६ जना होम आइसोलेसनमा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण