महामारीमा यौनजन्य र बाल हिंसा भए खबर गर्न प्रहरीको आग्रह
बुधबार, २९ वैशाख २०७८, १४ : ३१
काठमाडौं । कोभिड–१९ को महामारीमा प्रायः जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । त्यस्तोमा अधिकांश मानिस घरमा छन् । प्रहरी प्रधान कार्यालयले घरमा हुने हिंसा, यौनजन्य हिंसा र लैंगिक हिंसा भएमा खबर गर्न आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले हिंसा सहेर नबस्न सवैलाई आग्रह गरेको छ ।
निर्देशनालयले भनेको छ– ‘लैंगिक हिंसा भएमा प्रहरीको १०० नम्बर बालबालिका सम्बन्धी १०४ नम्बरमा सम्पर्क गरौं ।’ कोभिड महामारीको बीचमा पनि प्रहरीले हिंसा तत्काल सम्वोधन गर्न र गुनासो सुन्ने संयन्त्र विकास गरेको छ । महामारीमा हिंसा बढ्न सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले सचेत हुन सवैलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण