आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

महामारीमा यौनजन्य र बाल हिंसा भए खबर गर्न प्रहरीको आग्रह

बुधबार, २९ वैशाख २०७८, १४ : ३१
बुधबार, २९ वैशाख २०७८

काठमाडौं । कोभिड–१९ को महामारीमा प्रायः जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । त्यस्तोमा अधिकांश मानिस घरमा छन् । प्रहरी प्रधान कार्यालयले घरमा हुने हिंसा, यौनजन्य हिंसा र लैंगिक हिंसा भएमा खबर गर्न आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले हिंसा सहेर नबस्न सवैलाई आग्रह गरेको छ ।

निर्देशनालयले भनेको छ– ‘लैंगिक हिंसा भएमा प्रहरीको १०० नम्बर बालबालिका सम्बन्धी १०४ नम्बरमा सम्पर्क गरौं ।’ कोभिड महामारीको बीचमा पनि प्रहरीले हिंसा तत्काल सम्वोधन गर्न र गुनासो सुन्ने संयन्त्र विकास गरेको छ । महामारीमा हिंसा बढ्न सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले सचेत हुन सवैलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप