कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
बिहीबार, ३० वैशाख २०७८, ०९ : २२
कर्णाली प्रदेशसभाको सातौँ (हिउँदे) अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले अधिवेशन अन्त्य का लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार रातको १२ बजेदेखि लागू हुनेगरी हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।
कर्णालीको सातौँ अधिवेशन वैशाख तीन गतेबाट सुरु भएको थियो । कोरोना भाइरस र राजनीतिक हलचलका कारण छोटो समयमा नै अधिवेशन अन्त्य गरिएको हो । हिउँदे अधिवेशन सकिएसँगै जेठ पहिलो सातादेखि बजेट अधिवेशन सुरु हुने प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण