मन्त्री पदबाट राजीनामा दिएका केसी र भण्डारीले भने, ‘पार्टी निर्णय मानेका हौं’
सुर्खेत । बुधबार मन्त्रीबाट राजीनामा दिएका कर्णालीका दुई सांसदले आफूहरुले पार्टीको निर्णय मानेको बताएका छन् । बुधबार मन्त्रीहरु विमला केसी र नरेश भण्डारीले पदबाट राजीनामा दिएका थिए ।
उनीहरुले राजीनामा दिएसँगै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै तीन नयाँ अनुहारलाई मन्त्री बनाइसकेका छन् भने उनीहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
केसीले अरु व्यक्तिलाई पनि अवसर दिनुपर्ने भएकाले आफूहरुले राजीनामा दिएको प्रतिक्रिया दिइन् । यस्तै उनले जिम्मेवारीमा रहँदा राम्रो गर्ने प्रयास गरेको पनि बताइन् ।
केसीले भनिन्, ‘झण्डै ३ वर्ष पौने तीन महिना जिम्मेवारीमा रहँदा नितान्त सिकाइको ठुलो पाठशाला बन्यो । म निकै खुशी छु ।’ केसीले लामो समय भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्दा उल्लेखनीय काम गरेकी थिइन् । उनले भनिन्, ‘नयाँ प्रदेश संरचनामा रहेर काम गर्दा थुप्रै चुनौती र सीमाका बीचमा कर्णालीको समृद्धिको लागि मेरो तर्फबाट क्षमताले भ्याएसम्म कम्युनिष्ट आदर्श,, नैतिकता र मूल्यमान्यतामा रही कृषि, सहकारी र गरिबी निरवारणको क्षेत्रमा महत्त्वपूर्ण कामको सुरुवात गरेर कर्णालीको समृद्धिको यात्रामा बलियो जग बसाल्ने इमान्दार प्रयत्न गरेँ ।’
तीन बर्ष दुई महिना भूमि,व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेकी उनले २५ दिन सामाजिक विकास मन्त्रालय र ३१ दिन आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेकी थिइन् । उनले प्रदेश सरकारको प्रवक्ताको भूमिका समेत निर्वाह गरेकी थिइन् ।
केसीले आगामी दिनमा पनि प्रदेशको विकास र समृद्धिको यात्रामा अहोरात्र खटिरहने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका नरेश भण्डारीले पनि राजीनामा दिनुको मुख्य कारण पार्टीको निर्णय भएको बताए । साथै उनले प्रदेश सभाको सदस्यको भूमिका मार्फत निरन्तर जनताको सेवामा खटिरहने बताए ।
राजीनामा दिएका दुबै मन्त्री नेकपा माओवादी केन्द्रका हुन् । उनीहरुले पार्टीको निर्णय भनेता पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीमा सन्तुलन मिलाउनका लागि राजीनामा दिन दबाब दिइरहेका थिए । तर, विमला केसीले आफूले कार्यसम्पादन राम्रै गरेकाले राजीनामा नदिने बताउँदै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण