करिना कपुर वा दीपिका पादुकोण, नितेश तिवारीको रामायणमा को बन्लान् सीता ?
फिल्म दंगलबाट चर्चामा आएका नितेश तिवारी महत्वाकांक्षी प्रोजेक्ट रामायणका लागि चर्चामा छन् । खबरका अनुसार यसमा ऋतिक रोशन र महेश बाबू मुख्य भूमिकामा हुनेछन् । साउथ सुपरस्टार प्रभासलाई रावणको भूमिकाका लागि प्रस्ताव गरिएको छ । अब महिला कास्टका लागि पनि नयाँ रिपोर्ट सार्वजनिक भएको छ ।
रामायणमा कसले निभाउनेछ सीताको भूमिका ?
पिपिङमुन डट कम का अनुसार करिना कपुर खान र दीपिका पादुकोणलाई सीताको भूमिकामा लिने हो कि भनेर चर्चा चलिरहेको छ । दुबै नायिकाले आफ्नो करियरमा पौराणिक फिल्ममा अभिनय गरिसकेका छन् । अब हेर्नुपर्ने छ कि सीताको भूमिका कुन नायिकाको पोल्टोमा पर्छ । फिल्मको कास्टको विषयमा अहिलेसम्म कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन ।
स्मरण रहोस् करिनाले फिल्म अशोकामा राजकुमारी कौरवाकीको भूमिका निभाएकी थिइन् । यस्तै दीपिकाले सञ्जय लीला भंसालीको फिल्ममा मस्तानी, पद्मावतीको भूमिका निभाएकी छिन् । यदि करिनाले यो फिल्ममा स्वीकारोक्ति दिइन् भने उनी सर्वाधिक महँगी नायिका बन्नेछिन् । स्मरण रहोस्, करिनाले करण जोहरको फिल्म तख्तमा महत्वपूर्ण भूमिका निभाउनेछिन् । हालका लागि तख्तको छायांकन स्थगित गरिएको छ ।
करिनाको आउँदो फिल्म लाल सिंह चड्डा हो । यसमा उनी आमिर खानको अपोजिटमा छिन् ।
यस्तै दीपिकालाई पछिल्लो पटक फिल्म छपाकमा देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण