हेटौँडा अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु
बिहीबार, ३० वैशाख २०७८, १५ : २१
मकवानपुर । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मकवानपुरका २ जनाको मृत्यु भएको छ । हेटौँडा अस्पतालमा उपचाररत हेटौँडा ७ का ८७ वर्षीय पुरुष र हेटौँडा–४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए ।
हेटौँडा अस्पतालको आइसियु कक्षमा उपचाररत हेटौँडा–४ का ६० वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको थियो । त्यस्तै हेटौँडा–७ का ८७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
उनीहरु केही दिनअघि संक्रमणका कारण विरामी भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरुलाई आइसियु कक्षमा राखेर उपचार गरिएको थियो । मृतकको शव व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ । यससँगै मकवानपुरका ५१ जनाको संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण