हावाहुरीले रुख ढल्दा महिलाको मृत्यु, केही घरका उडायो छाना
कैलाली । कैलालीमा हावा हुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ । गएराति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० बर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक भरतबहादुर चौधरीले जानकारी दिए । हावाहुरीले कच्ची घरमाथि रुख ढल्दा च्यापिएर निज कामीको मृत्यु भएको हो ।
यस्तै हावाहुरीले कैलारी गाउँपालिका– ५ का अंकित बोहराको दुई कोठे एक तले टिनले छाएको घरको छाना उडाई घरभित्र रहेको अन्नपात, टीभी, फंखामा क्षति भई अन्दाजी रु. ७० हजार बरावरको क्षति भएको छ । चौपाया तथा मानविय क्षति भने नभएको बताइएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका– २ साँढेपानी बस्ने कनकबहादुर रोकायाको घरमा चट्याङ्गले बिद्युतको मिटरबक्स, वाईरिङ, तारहरु जलेर नष्ट भएको छ । प्रहरी नायव उपरिक्षक चौधरीका अनुसार हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा सडकमा रहेका विद्युतका पोलमा क्षति गरेको छ । उहाँले जिल्लामा के कती क्षती भएको छ भने अझै घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण