निषेधाज्ञा शुरु भएपछि उपत्यकाबाट बढी भाडा असुल्ने ३३ जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएपछि बढी भाडा असुल्ने सार्वजनिक सवारीका धनी र टिकट काउन्टरका ३३ जना कर्मचारीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । स्थानीय प्रशासनले उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएपछि गाउँ फर्किन चाहने यात्रुसँग गौशाला, कोटेश्वर, नयाँ बसपार्क र कलंकीस्थित टिकट काउन्टरका कर्मचारीले सरकारले तोकेभन्दा धेरै मूल्य लिएर यात्रु लैजाने गरेका थिए ।
ट्राफिक प्रहरी महाशाखाले सादा पोसाकमा प्रहरी परिचालन गरेर भाडा रकमबारे अनुसन्धान गरेको महाशाखाका एसएसपी जनक भट्टराइले रातोपाटीलाई बताए । काउन्टरका कर्मचारी र सार्वजनिक सवारीका धनीले विदेशबाट आएर घर फर्कने यात्रुसँग पनि तोकिएको भन्दा चर्को मूल्यमा टिकट बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
टिकट काउण्टरका कर्मचारीले उपत्यका बाहिर जाने यात्रुसँग ६ गुणासम्म बढी भाडा असुल्ने गरेको थाहा भएको छ । धेरै भाडा लिनेहरूलाई ट्राफिक महाशाखाले आवश्यक कारवाहीका लागि स्थानीय प्रहरीको जिम्मा लगाएको छ । उनीहरुमाथि महानगरीय प्रहरी वृत्त बालाजु, कालीमाटी, बानेश्वर र महाराजगन्जले अनुसन्धान गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण