निषेधाज्ञा शुरु भएपछि उपत्यकाबाट बढी भाडा असुल्ने ३३ जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएपछि बढी भाडा असुल्ने सार्वजनिक सवारीका धनी र टिकट काउन्टरका ३३ जना कर्मचारीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । स्थानीय प्रशासनले उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएपछि गाउँ फर्किन चाहने यात्रुसँग गौशाला, कोटेश्वर, नयाँ बसपार्क र कलंकीस्थित टिकट काउन्टरका कर्मचारीले सरकारले तोकेभन्दा धेरै मूल्य लिएर यात्रु लैजाने गरेका थिए ।
ट्राफिक प्रहरी महाशाखाले सादा पोसाकमा प्रहरी परिचालन गरेर भाडा रकमबारे अनुसन्धान गरेको महाशाखाका एसएसपी जनक भट्टराइले रातोपाटीलाई बताए । काउन्टरका कर्मचारी र सार्वजनिक सवारीका धनीले विदेशबाट आएर घर फर्कने यात्रुसँग पनि तोकिएको भन्दा चर्को मूल्यमा टिकट बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
टिकट काउण्टरका कर्मचारीले उपत्यका बाहिर जाने यात्रुसँग ६ गुणासम्म बढी भाडा असुल्ने गरेको थाहा भएको छ । धेरै भाडा लिनेहरूलाई ट्राफिक महाशाखाले आवश्यक कारवाहीका लागि स्थानीय प्रहरीको जिम्मा लगाएको छ । उनीहरुमाथि महानगरीय प्रहरी वृत्त बालाजु, कालीमाटी, बानेश्वर र महाराजगन्जले अनुसन्धान गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय छानबिन समिति नबने कांग्रेस सडकमा पनि आउँछ : गगन थापा
-
सर्वोच्चको अन्तरिम आदेशले दोस्रो पटक काम चलाऊ भए मुख्यमन्त्री अधिकारी
-
शिक्षकहरूको काज फिर्ता गर्न देशभरका समन्वय इकाइलाई परिपत्र
-
गण्डकी विवाद : सर्वोच्चले जारी गर्यो अल्पकालीन अन्तरिम आदेश
-
विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता
-
गार्मेन्टको स्वर्णिमयुग फर्काउन बजेटले के–कस्तो व्यवस्था गर्नुपर्छ ?