विराटनगरमा कोरोना संक्रमणबाट आमा-छोराको मृत्यु
विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा एक आमा–छोराको मृत्यु भएको छ । उनीहरुको एकदिन अघिपछि संक्रमणका कारण मृत्यु भएको हो । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया आमा र ४२ वर्षीय छोराको उपचारको क्रममा मृत्यु भएको हो । बुधबार आमाको मृत्यु भएको थियो भने बिहीबार अपरान्ह छोराको पनि मृत्यु भएको वडाध्यक्ष विनोदकुमार बस्नेतले बताए ।
बस्नेतका अनुसार बैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएकी आमाको उपचारका क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ ७ः३० बजे मृत्यु भएको थियो । छोराको बिहीबार दिउँसो करिब २ बजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि आमा छोरालाई नै विराटनगर अस्पताल विराट नर्सिङ्होममा भर्ना गरिएको थियो । मारवाडी समुदायका उनीहरु सुनचाँदी व्यवसायमा आबद्ध छन्।
बुधबार राति मृत्यु भएकी आमालाई घाटमा अन्त्येष्टिका लागि कान्छा छोराले लिएर गएका थिए । आमाको अन्त्येष्टि नसकिँदै उनका ४२ वर्षे दाजुको पनि मृत्यु भयो । आमाको अन्त्येष्टिका लागि बिहिबार अपरान्ह घाटमा लगेर चिता जलाउने तयारी भइरहँदा अस्पतालमा छोराको पनि मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण