हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । दुई ठूला वाणिज्य बैंक हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार शुक्रबारदेखि रोक्का भएको छ । शुक्रबार एक सूचना जारी गर्दै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले दुई बैंकको सेयर कारोबार रोक्का गरिएको जानकारी दिएको हो ।
हिमालय बैंक र इन्भेष्टमेन्ट बैंक एक आपसमा गाभ्ने गाभिने –मर्जर) मा जाने भएपछि बैंकहरुले कारोबार रोक्नका लागि पठाएको पत्र अनुसार दुबै बैंकको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ । ‘मिति २०७८/१/३० को पत्र अनुसार हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको व्यहोरा अवगत भयो ।
बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार मिति २०७८/०१/३१ गतेबाट रोक्का राखिएको व्यहोरा निर्णयानुसार अनुरोध गरिन्छ’ नेप्सेद्वारा जारी सूचनामा भनिएको छ । त्यसो त गत बिहीबार मात्र यी दुई बैंकले एकीकृत कारोबार गर्ने गरी मर्जरमा जान सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण