मृत्युको अफवाह सुनेर हास्न थाले परेश रावलः भन्छन्, ‘म ठिक छु, चिन्ता लिनुपर्दैन’
कोरोना कालमा कोही संसारबाट बिदा हुनु साधारण जस्तो भइसकेको छ । हरेक दिन कोही न कोहीको मृत्युको खबरले मन उदास हुने गर्छ । यसै कोरोना कालमा मृत्युको अफवाह पनि ट्रेन्डमा छ । केही दिन अघि शक्तिमान फेम मुकेश खन्नाको मृत्युको अफवाह उडेको थियो । यसै गरी शुक्रबार बिहान बलिउड दिग्गज परेश रावलको मृत्युको खबरले पनि निकै चर्चा पायो । सोसल मिडियामा परे रावलको मृत्युको खबर ट्रेन्ड हुन थाल्यो तर यो खबर एक अफवाह मात्रै हो ।
अफवाहमाथि हास्दै नायकले भने यस्तोः
परेश रावल फिल्म इन्डष्ट्रिमा एउटा ठूलो नाम हो । उनको निधनको खबर चर्चामा आएपछि उनीसँग काम गर्ने थुप्रै कलाकारसमेत प्रशंसक पनि चिन्तित भए । एक भारतीय सञ्चार माध्यमले परेश रावललाई ‘तपाईंको मृत्युको अफवाह उडिरहेको छ त’ भनेर प्रश्न सोध्दा उनी बेस्सरी हास्न थाले । परेश भन्छन्, ‘होइन...होइन... धन्यवाद तपाईंको शुभकामनाका लागि । तर सबैलाई भन्न चाहन्छु कि म ठिक छु र चिन्ता गर्नुपर्ने आवश्यक छैन ।’
स्मरण रहोस्, मार्च महिनामा परेश कोरोना पोजेटिभ पाइएका थिए । उनले ट्वीटरमा पछिल्लो १० दिनमा उनीसँगको सम्पर्कमा आउने सबैलाई आफ्नो कोरोना परीक्षण गराउन आह्वान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
-
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण