बन्चरो प्रहार गरेर छोराले गरे बाबुको हत्या
सुर्खेत । दैलेखमा बन्चरो प्रहार गरेर छोराले बाबुको हत्या गरेका छन् । शुक्रबार दिउँसो १ बजेको समयतिर डुङगेश्वर गाउँपालिका ६ स्थित डुङगेश्वर बजारमा बस्ने वर्ष २१ को विकास बुढाले आफ्नै सहोदर बुवा वर्ष ४७ को नकुल बुढालाई टाउकोको पछाडि र ढाडमा बन्चरो प्रहार गरेका थिए ।
बन्चरो प्रहारबाट गम्भीर घाइते भएका बुढाको स्थानीय मेडिकलमा उपचारको क्रममा उनको मृत्यु भएको दैलेख प्रहरीले बताएको छ। उक्त घटनाको अनुसन्धानका लागि माथिल्लो डुङगेश्वरको प्रहरी टोलीले विकासलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी ईन्द्रजीत सुनारका अनुसार नकुल मदिरा सेवन गरेर श्रीमतीलाई कुट्ने गर्दथे । आमाले छोरालाई तेरो बुबाले मलाइ यसो गरे भन्दा रिसको आवेगमा आएर छोराले बञ्चरो प्रहार गरेको बुझिएको छ । यसबारे थप अनुसन्धान हुँदैछ’ उनले रातोपाटीलाई भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण