मनसुनजन्य जोखिम व्यवस्थापनको पूर्वतयारी गर्ने गृहमन्त्रीको निर्णय
काठमाडौं । गृहमन्त्रीको रुपमा तेस्रोपटक पदभार समालेका रामबहादुर थापा ‘बादल’ले मनसुनले निम्त्याउने जोखिम न्यूनिकरणका लागि पूर्वत तयारी गर्ने निर्णय गरेका छन् । नजिकिँदै गरेको मनसुनजन्य विपदको जोखिम न्यूनिकरण, पूर्वतयारी र व्यवस्थापन गरेर क्षति न्युनिकरण गर्ने निर्णयमा बादलले शुक्रवार हस्ताक्षर गरेका हुन् ।
राष्ट्रिय विपद प्रतिकार्यका लागि गृहमन्त्रीले सहयोगी निकायसँग वर्तमान महामारीको प्रतिकार्य र मनसुनजन्य विपदको जोखिम न्यूनिकरण र पूर्व तयारीका लागि सहकार्य गर्न सकिने प्रस्ताव पारित गरेका छन् । प्रस्ताव पारित भएसँगै संयुक्त राष्ट्रसंघीय आवासीय मानवीय संयोजकको कार्यालयमा सहयोगका लागि पत्र लेख्न राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहज भएको छ ।
मनसुनजन्य विपदमा अन्तर्राष्ट्रिय सहायता आह्वान गर्ने प्रस्तावमा पनि गृहमन्त्रीले हस्ताक्षर गरेका छन् । सो प्रस्ताव अर्थ मन्त्रालयमा पठाइनेछ । अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णयमा पनि हस्ताक्षर गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यसबारे जारी अध्यादेशको समय जेठ २१ मा सकिने हुनाले नयाँ सूचना जारी गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण