एसइई परीक्षाबारे चाँडै निर्णय गरिने
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिङ–१९ को महामारीका कारण स्थगन भएको संवत् २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने जनाएका छन् । गत वर्ष सम्बन्धित विद्यालयलाई आन्तरिक मूल्याङ्कन गराई प्रमाणीकरण गरिएको थियो ।
मन्त्री श्रेष्ठले आज सिंहदरबारस्थित कार्यकक्षमा पद बहालीपछि निर्देशन दिँदै महामारी रोकथाममा शिक्षा क्षेत्रले गर्न सक्ने सहयोगका विषयमा पनि चाँडै छलफल गरिने बताए । मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटिइभिटीको) सन् २०२१–२०२५ को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरी बहाली गरेका हुन् । मन्त्री श्रेष्ठलाई मन्त्रालयका सचिवहरु रामप्रसाद थपलिया र डा सञ्जय शर्मा लगायतले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण