कर्णाली प्रदेश अस्पतालले कोरोनाका नयाँ बिरामीको भर्ना नलिने
कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोनाका नयाँ बिरामीको भर्ना नलिने बताएको छ ।
शनिबार एक सूचना जारी गर्दै अस्पतालले भर्ना नलिने बताएको हो ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काद्वारा जारी सूचनामा नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण कोभिडका बिरामीलाई भर्ना गर्न नसकिने उल्लेख छ । तर, यो निर्णयको चौतर्फी विरोध भइरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले महामारीको समयमा बिरामीको उपचारमा व्यवस्था मिलाउनुको सट्टा अस्पतालले भर्ना लिन नसक्नु प्रदेश सरकारको असक्षमताका पराकाष्ठा अस्पतालमा देखिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा शनिबार एक विज्ञप्ति जारी गर्दै नेता कँडेलले सरकारको ध्यान नागरिकलाई महामारीबाट बचाउने तर्फ केन्द्रीत नभएको आरोप लगाएका हुन् ।
‘अहिलेको महामारीको बीचमा अस्पताललाई यस्तो सूचना सार्वजनिक गर्नु पर्ने स्थितिमा पुर्याउनु सम्बन्धित जिम्मेवार निकायको असक्षमताका पराकाष्ठा नै हो । प्रदेश सरकारसँग श्रोतको अभाव छैन । संघीय सरकारसँग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व पनि प्रदेश सरकारको नै हो,’ कँडेलले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण