विवाह खर्च कटाैती गरेर संक्रमितलाई अक्सिजन
दाङका एक जोडीले विवाह खर्च कटौती गरेर कोरोना संक्रमितकाे अक्सिजनका लागि रकम प्रदान गरेका छन् । घोराही नगरपालिका वडा नम्बर–१८का अविनाश राना र सिर्जना रानाले केही दिन अघि गरिएको विवाहमा खर्च कटौती गरी अक्सिजन खरिद गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।
विवाह खर्च कटाइ अक्सिजन खरिदका लागि रकम सहयोग गरेर सामाजिक उत्तरदायित्व बहन गर्न पाएकोमा खुशी लागेको नवविवाहित जोडीको भनाइ छ । राना र कुँवर बीच कोरोनाको महामारीमा केही दिन पहिले स्वास्थ्य मापदण्ड अपनाइ विवाह भएको थियो । नव विवाहित जोडीले प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारी, निर्देशक डाक्टर प्रज्ञा बस्नेत, कायममुकायम रजिस्ट्रार झङ्कार लामिछानेलाई ५१ हजारको चेक हस्तान्तरण गरेका थिए ।
उपकुलपति भण्डारीले कोरोनाको महामारीमा आफ्नो विवाह खर्च कटाएर अक्सिजन सिलिन्डर खरिदका लागि प्रतिष्ठानलाई सहयोग गरेकोमा धन्यवाद दिँदै विवाहित जोडीलाई सफल दाम्पत्य जीवनका लागि शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण