तत्काल अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन अभाव टार्न सरकारलाई निर्देशन
सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले तत्काल एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । समितिले शनिबार कर्णाली सरकारलाई अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिएको हो ।
प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९ को संक्रमण भई अस्पताल भर्ना हुन आउने अक्सिजन अभाव कै कारण बिरामीलाई भर्ना गर्न नसकिने भन्ने ब्यहोराको सूचनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रदेश सरकारलाई महामारी नियन्त्रणमा गम्भीरताका साथ लाग्न समेत समितिले निर्देशन दिएको छ।
समितिका अध्यक्ष देवी ओलीले कोभिड–१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्री लगायतको व्यवस्थापन गर्न समेत निर्देशन दिएको बताइन् । ‘प्रदेश अस्पताल सुर्खेतमा दैनिक एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्टको तत्काल स्थापनाको व्यवस्था गर्न आवश्यक छ,' उनले भनिन् ।
प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र अस्पतालहरुमा नियमित विद्युत आपूर्ति गर्न प्रदेश सरकारले तत्काल पहल गर्न जरुरी रहेको ओलीले बताइन् । यस्तै बैठकले प्रदेशभित्रका अस्पतालहरुमा अनुगमनको कार्यलाई तीव्रता दिने पनि उनको भनाइ छ ।
संघ, प्रदेश र स्थानीय सरकारले कोभिड–१९ को रोकथाम, नियन्त्रण र संक्रमणबाट बच्नको लागि आम जनसमुदायमा दिएका निर्देशनहरू पालना गरी स्वास्थ्यका मापदण्ड अपनाउन तथा गैर सरकारी संघसंस्था, निजी क्षेत्रलाई सरकारसँग समन्वय गरी कोभिड–१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्री व्यवस्थापनमा सघाउ बैठकले अपिल गर्ने निर्णय गरेको छ ।
समितिले यश अघि पनि यस्ता निर्देशन दिने गरेपनि प्रदेश सरकारले समितिका निर्देशनलाई लत्याउने गरेको छ । यसअघि पनि समितिले कोरोना रोकथाम र नियन्त्रणको विषयलाई लिएर निर्देशन दिएको थियो । बजेट व्यवस्थापन बाहेक अन्य निर्णयको कुनै पनि व्यवास्था गरेको छैन्।
हाल कर्णालीका प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अक्सिजन उत्पादन हुन्छ । तर, उत्पादित अक्सिजनले पूर्ति हुन् मुस्किल छ । प्रदेश अस्पताल सुर्खेतमा दुईवटा अक्सिजन प्लान्ट रहेका छन् । तर, दुवै प्लान्टबाट उत्पादित अक्सिजनले प्रदेश अस्पताललाई समेत पुग्दैन ।
नेपालगन्जबाट दैनिक सय सिलिन्डर आपूर्तिको व्यवस्था मिलाइएको थियो । तर, उक्त अक्सिजनले पूर्ति नहुँदा कर्णालीमा अक्सिजनको चरम अभाव हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण