गण्डकी प्रदेशमा थप ७७७ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप ७७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा प्रदेशमा सबैभन्दा धेरै कास्कीमा ३७८ र सबैभन्दा कम मुस्ताङमा १ जनामा संक्रमण देखिएको हो ।
प्रदेशका ११ वटा जिल्लामा १ हजार ६५२ जनाको नमूना परीक्षण गर्दा थप ७७७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनकाअनुसार नयाँ संक्रमितमा कास्कीमा ३८७ , बाग्लुङमा ९९, पर्वतमा ९२ जना र स्याङजामा ६१ जना रहेका छन् । त्यस्तै गोरखामा ४९, लमजुङमा २६, म्याग्दीमा १२, मनाङमा २, मुस्ताङमा १, नवलपरासी पूर्व र तनहुँमा २४÷२४ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८ हजार १८२ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १८ हजार ७६६ पुगेको छ । प्रदेशमा ८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै प्रदेशमा थप २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३८३ पुगेको छ । हाल प्रदेशमा ७ हजार ८३८ जना होम आइसोलेसनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण