विदेशबाट ल्याइएका सिलिन्डर प्रदेशका अस्पतालमा वितरण गरिने
काठमाडौं । सरकारले चीन र ओमानबाट ल्याइएका अक्सिजन सिलिन्डर सातवटै प्रदेशका अस्पतालहरुलाई वितरण गर्ने भएको छ । चीन र ओमानबाट ल्याइएका अक्सिजन सिलिन्डर सातवटै प्रदेशका अस्पतालहरुलाई वितरण गर्ने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार गैरआवासीय नेपाली संघले मस्कटस्थित नेपाली राजदूतावासको सहयोगमा नेपाल पठाएको ५ सय ६० थान अक्सिजन सिलिन्डर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिसकेका छ । त्यस्तै चिनियाँ सरकारको सहयोग १८ हजार सिलिन्डर काठमाडौं आइपुगेपछि सातै प्रदेशमा पुर्याइने उनले जानकारी दिए । पछिल्ला दिन अस्पतालमा अक्सिजनको अभाव देखिएको छ ।
अस्पतालहरुले कोरोना संक्रमितका आफन्तलाई नै अक्सिजनको व्यवस्था मिलाउन भन्ने गरेको गुनासो बढेको प्रवक्ता गौतम बताए । गौतमले अस्पतालहरुलाई बिरामीका लागि अक्सिजनको व्यवस्था आफैंले मिलाउन समेत निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण