शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशबाट ल्याइएका सिलिन्डर प्रदेशका अस्पतालमा वितरण गरिने

आइतबार, ०२ जेठ २०७८, १९ : ३५
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । सरकारले चीन र ओमानबाट ल्याइएका अक्सिजन सिलिन्डर सातवटै प्रदेशका अस्पतालहरुलाई  वितरण गर्ने भएको छ । चीन र ओमानबाट ल्याइएका अक्सिजन सिलिन्डर सातवटै प्रदेशका अस्पतालहरुलाई  वितरण गर्ने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए  ।

उनका अनुसार गैरआवासीय नेपाली संघले मस्कटस्थित नेपाली राजदूतावासको सहयोगमा नेपाल पठाएको ५ सय ६० थान अक्सिजन सिलिन्डर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिसकेका छ ।  त्यस्तै चिनियाँ सरकारको सहयोग १८ हजार सिलिन्डर काठमाडौं आइपुगेपछि सातै प्रदेशमा पुर्याइने उनले जानकारी दिए । पछिल्ला दिन अस्पतालमा अक्सिजनको अभाव देखिएको छ ।

अस्पतालहरुले कोरोना संक्रमितका आफन्तलाई नै अक्सिजनको व्यवस्था मिलाउन भन्ने गरेको गुनासो बढेको प्रवक्ता गौतम बताए । गौतमले अस्पतालहरुलाई बिरामीका लागि अक्सिजनको व्यवस्था आफैंले मिलाउन समेत निर्देशन दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप