मापसे गरेर ‘प्रेस पास’ बोकेका चालकले ठक्कर दिँदा ४ जना घाइते
काठमाडौं । काठमाडौंको कलंकीमा मदिरा सेवन गरेर पत्रकारको परिचयपत्र बोकेर हिँडेका चालकले दुर्घटना गराएका छन् । कलंकीबाट बाफल जाँदै गरेको प्रदेश–३–०१–०२४ च ०६०४ नम्बरको कारले कलंकीस्थित ज्ञानोदय मार्गमा चारवटा सवारीलाई ठक्कर दिएको हो ।
कारको ठक्करबाट ट्राफिक प्रहरी जवानसहित ४ जना घाइते भएका छन् । ट्राफिक प्रहरी जवान विजयसिंह ऐरलाई उपचारका लागी प्रहरी अस्पतालमा पठाइएको छ । अन्य ३ जनाको कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
भगवती मिडिया क्रियशन प्रालिबाट जारी पत्रकार परिचयपत्र बोकेका चालक गणेशबहादुर परियारलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेको छ । उनले बोकेको परिचयपत्रबारे भेरिफाई गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
मापसे गरेर अनियन्त्रित तवरले ५३ वर्षीय परियारले चलाएको गाडीले दुईवटा मोटरसाइकल र दुईवटा गाडीलाई ठक्कर दिएको ट्राफिक महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण