पश्चिम बंगालमा दुई मन्त्रीसहित चार नेता पक्राउ
भारतको पश्चिम बंगालमा नारदा स्टिंग घटनाको अनुसन्धान गरिरहेको सिबिआईले सोमबार बिहान त्रिणमुल काँग्रेसका तीन नेतासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका दुई व्यक्ति त्रिणमुलको नेतृत्वको राज्य सरकारका मन्त्री रहेको बताइएको छ ।
पक्राउ पर्नेहरूमा मन्त्रीहरु फिरहाद हकीम र सुब्रत मुखर्जीसहित पूर्वमन्त्री र भारतीय जनता पार्टी (भाजपा) नेता शोभन चटर्जी तथा टिएमसी विधायक मदन मन्त्री रहेका छन् ।
राज्यपाल जगदीप धनखडले सिबिआईलाई यी नेताहरुविरुद्ध मुद्दा चलाउन अनुमति दिएका छन् । आफ्ना नेताहरुको गिरफ्तारीको सूचना पाएलगत्तै मुख्यमन्त्री ममता बेनर्जी सिबिआई कार्यालयमा पुग्नुभएको समाचारलाई भारतीय सञ्चारमाध्यमले विशेष महत्व दिएर सम्प्रेषण गरेका छन् ।
सत्ताधारी टिएमसीले यो गिरफ्तारीलाई गैररकानूनी भनेको छ । पार्टीका प्रवक्ता कुणाल घोषले बिना सूचना नेताहरुलाई गिरफ्तार गरिनु गरैकानुनी रहेको बताए । उनले यो मामिलामा आरोपित भाजपा नेता मुकुल राय र शुभेन्दु अधिकारीलाई किन गिरफ्तार नगरेको भनेर प्रश्न गरेका छन्।
विधानसभा अध्यक्ष विमान बेनर्जीले पनि गिरफ्तारीलाई अवैध बताएका छन् । सन् २०१६ को विधानसभा चुनाव पहिले टिएमसीका मन्त्री, सांसद तथा विधायक जस्तै देखिने व्यक्तिले एक काल्पनिक कम्पनीका प्रतिनिधिसँग पैसा लिँदै गरेको स्टीङ्ग अपरेशनको भिडियो सार्वजनिक भएपछि यी नेताहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण