आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

दिव्या भारतीजस्तै बन्न चाहन्थिन् यी नायिका, हत्याको डेढ वर्षपछि भेटिएको थियो कंकाल

बुधबार, ०५ जेठ २०७८, १४ : ४४
बुधबार, ०५ जेठ २०७८

फिल्म इन्डष्ट्रिमा आउने हरेक व्यक्तिको स्टार बन्ने चाहना हुन्छ । यस्तै एउटा सपना देखेर एक नायिकाले फिल्मी दुनियाँमा कदम राखेकी थिइन्  र तर उनलाई थाहा थिएन कि उनको यो सपना अधुरै रहनेछ र उनको निर्ममतापूर्वक हत्या हुनेछ । आज हामी यस्ती एक नायिकाबारे कुरा गर्दै छौं जसले थोरै फिल्ममा अभिनय गरिन् तर ती चल्न सकेनन् । तर यी अभिनेत्रीको हत्याले धेरैलाई त्रसित पनि बनाएको थियो । आज हामी नायिका लैला खानबारे कुरा गर्दैछौं ।  

चर्चित नायिका बन्ने सपना बुनेर इन्डष्ट्रिमा आएकी लैला खानको हत्या गरिएको थियो र उनको कंकाल प्रहरीले डेढ वर्षपछि मात्रै पाएको थियो । उनको मात्रै होइन, उनको पूरा परिवारकै हत्या गरिएको थियो । आज हामी तिनै लैला खानबारे जानकारी लिऔं ।

पाकिस्तानमा जन्मिएकी लैला खानको वास्तविक नाम रेशमा पटेल थियो । उनकी आमा सेलिना पटेल थिइन् । उनले तीनवटा विवाह गरिन् । सेलिना पटेलको पहिलो विवाह नादिर शाह पटेलसँग भएको थियो । यी दुईका लैला खान नामकी छोरी थिइन् । लैला खानको पहिलो फिल्म सन् २००८ मा रिलिज भएको थियो जसको नाम थियो ‘वफा ः अ डेडली लभ स्टोरी ।’

यो फिल्ममा लैलाले सुपरस्टार राजेश खन्नासँग रोमान्स गरेकी थिइन् । फिल्मलाई राखी सावन्तका भाइ राकेश सावन्तले निर्देशन गरेका थिए । यो फिल्म खासै चल्न त सकेन तर लैलाको बोल्ड सीन चर्चामा रह्यो । यद्यपि, यति हुँदा पनि अभिनेत्रीले राम्रो फिल्म पाइरहेकी थिइनन् । त्यसपछि उनले बलिउडको बी र सी ग्रेडको फिल्म गर्न थालिन् र मुम्बईमा लगातार संघर्ष गरिरहिन् । लैला खान नायिका दिव्या भारतीलाई आइडल मान्थिन् र उनी जस्तै स्टार बन्न चाहन्थिन् । लैला दिव्या भारतीजस्तै अभिनय गर्ने कोसिस गर्थिन्समेत भन्ने गरिन्छ ।

लैला खानकी आमा सेलिनासँग त्यतिबेलाको समयमा मुम्बईमा करोडौंको सम्पत्ति थियो । लैलाको करियर खासै राम्रोसँग चल्न सकेको थिएन त्यसैले उनकी आमाले सबै सम्पत्ति बेचेर दुबई सर्ने योजना बनाएकी थिइन् । नायिकाकी आमा सेलिना र उनका तेस्रो श्रीमान् परवेजबीच दुरी बढ्न थालेको थियो र सेलिना दोस्रो श्रीमान् आसिफसँग नजिक भइरहेकी थिइन् । परवेजलाई लाग्यो कि सेलिना आफ्नो सम्पत्ति बेचेर आसिफसँग दुबई जाँदै छिन् र तसर्थ उनलाई छोडिदिनेछिन् ।

मुम्बईको इंगतपुरीमा लैलाको परिवारको एउटा फार्म हाउस थियो । सात फेब्रुअरी सन् २०११ मा लैला आफ्ना भाइ बहिनीसँग उक्त फार्महाउसमा पार्टी गर्न पुगेकी थिइन् । यो पार्टीमा सेलिना र परवेजबीच दुबई जानेबारे विवाद भयो । विवादकै क्रममा परवेजले फलामको रडले सेलिनामाथि हमला गरिदिए र उनको मृत्यु भयो । आमालाई बचाउन उत्रिएका छोराछोरीलाई पनि परवेजले हत्या गरिदिए, यसमा लैला खान पनि थिइन् । फार्महाउसमा त्यस रात ६ वटा शव थिए र परवेजले सबैलाई फार्म हाउसको पछाडि गाडिदिए ।

लैला र उनको परिवार अचानक गायक भएपछि नायिकाका श्रीमानले उनी हराएको रिपोर्ट दर्ता गराए । लैला गायब भएपछि उनका श्रीमान् नादिर पटेललाई प्रहरीले सोधपुछ गर्यो । उनलाई उनीबारे केही पनि थाहा थिएन । सेलिना पटेलका दोस्रो श्रीमान् आसिफ शेखको पनि अत्तोपत्तो थिएन । यस्तै सेलिनाका तेस्रो श्रीमान् परवेज टाक त सपरिवार गायब थिए ।

करिब डेढ वर्षपछि प्रहरीले अर्को केसमा एक व्यक्तिलाई पक्राउ गर्छन् । सोधपुछमा थाहा हुन्छ कि उनको नाम परवेज टाक हो । यसको जानकारी जम्मू–कश्मीर प्रहरीले मुम्बई प्रहरीलाई दिन्छन् । तब सोधपुछमा परवेजले आफूबरे पूरा जानकारी दिन्छन् । परवेजले प्रहरीलाई आफूसँगै लिएर मुम्बईबाट टाढा इंगलपुरीस्थि फार्महाउस पुग्छन् ।

परवेजले फार्महाउसको स्विमिङ पुल नजिकै एउटा खाल्डोमा ६ जनाको शव गाडिएको जानकारी दिए । खाल्डोमा ६ जनाको शवसहित ६ वटा

मोबाइल पनि भेटिएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार तीमध्ये लैला खानको फोन अन रहेको थियो जबकी अन्य फोन अफ थिए । मृत्यु भइसकेको दुई दिनपछि लैलाको फोन खाल्डोभित्र बजिरहेको थियो । उनका साथीहरुले लगातार उनलाई फोन गरिरहेका थिए । यो घटनाले थुप्रैको ध्यान आकृष्ट पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप