नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई चलचित्र ‘तिम्रो मेरो साथ’ को सहयोग

काठमाडौंँ । चलचित्र ‘तिम्रो मेरो साथ’ का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा सक्रिय पत्रकारको स्वास्थ्य सुरक्षाका लागि भन्दै उक्त रकम प्रदान गरिएको हो ।
हाल अमेरिकामा रहेका पौडेलले पठाएको उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालसहितको उपस्थितिमा चलचित्र पत्रकार राजन घिमिरेमार्फत एसोसिएट प्रदेश अध्यक्ष वैकुण्ठराज पराजुलीलाई प्रदान गरिएको हो ।
कार्यक्रममा एसोसिएट प्रदेश अध्यक्ष पराजुलीले कोभिड– १९ को संक्रमणका परेका र संक्रमणको जोखिममा रहेका सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाको चिन्ता गर्दै सहयोगका लागि हात अघि बढाएका पौडेलप्रति आभार व्यक्त गरे । ‘समग्र सञ्चारकर्मीहरूको पेसागत सुरक्षा र स्वास्थ्य सुरक्षाको पक्षमा उभिनु हाम्रो दायित्व हो’ पराजुलीले भने, ‘प्रदेश समितिले अघि बढाएको यो अभियान र अग्रसरतामा हातमा हात मिलाउने सहयोगी मनहरूप्रति कृतज्ञ छौँ ।’ रकम प्रदेशको पत्रकार कोरोना सुरक्षा कोषमा जम्मा गरिने पराजुलीले बताए ।
चलचित्र ‘तिम्रो मेरो साथ’को केही पहिलेमात्र छायाँकन सकाएर पौडेल अमेरिका पुगेका थिए । पौडेलले ‘रुद्रप्रिया’, ‘राज्जा रानी’ लगायतका चलचित्र निर्माण गरेका छन् । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशमा विभिन्न विधामा सक्रिय १२ पत्रकार संगठन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा