राष्ट्रियसभा उपनिर्वाचन : पीसीआर परीक्षण नगरे पनि मत दिन पाउने
राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा कोरोना परीक्षणको पीसीआर रिपोर्ट अनिवार्य नहुने भएको छ । बुधबार मतदानस्थल हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयमा तीनै जना उम्मेदवारका प्रतिनिधिहरुले सबै मतदाताले पीसीआर परीक्षण गर्न नपाएको र कतिपय स्थानीय तह विकट रहेकाले पीसीआर गर्न सम्भव नरहेको भन्दै परीक्षण नगरेका मतदातालाई पनि निर्वाचनमा सहभागी गराउन माग गरेका थिए ।
उम्मेदवारका प्रतिनिधिहरुको साझा माग अनुसार मतदानका लागि मतदाताको पीसीआर रिपोर्ट अनिवार्य नगरेको राष्ट्रियसभा उपनिर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । बागमती प्रदेशका केही स्थानीय तहमा कोरोना परीक्षणका लागि प्रयोग हुने भिटिएम किट नै नपुगेको र अधिकांश मतदाताले कोरोना परीक्षण गर्न नभ्याएकाले उनीहरुलाई संवैधानिक अधिकारबाट बञ्चित गर्न नहुने उम्मेदवारका प्रतिनिधिहरुको भनाइ थियो । निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचन आयोगका आयुक्त सँगको मौखिक छलफल अनुसार पीसीआर रिपोर्ट अनिवार्य नगरेको बताए ।
‘निर्वाचन आयोगले निर्वाचनमा सहभागि हुने सबै मतदातालाई ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य गरेको भए पनि मतदाताको संवैधानिक अधिकारबाट बञ्चित गर्न मिल्दैन,’ उनले भने । पीसीआर परीक्षण नगरेका मतदातालाई छुट्टै लाइनबाट मतदानमा सहभागी गराइने उनले बताए । श्रेष्ठका अनुसार निर्वाचनका क्रममा मतदान कक्षमा मोबाइल, क्यामेराजस्ता विद्युतीय सामग्री प्रयोग गर्न रोक लगाइएको छ ।
मतदानलाई गोप्य बनाउन र विश्वसनीयता प्रदान गर्न मतदानमा सहयोगी प्रयोग गर्न नपाइने व्यवस्था पनि गरिएको उनले जानकारी दिए । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार बिहीबार हुने निर्वाचनमा तीनवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
बागमती प्रदेशसभाका सदस्य र प्रदेशका ११९ वटा स्थानीय तहका अध्यक्ष र उपाध्यक्षका लागि छुट्टा छुट्टै मतदान केन्द्र बनाइएको छ । कोरोना संक्रमितहरुका लागि भने मतदानस्थलको उत्तरतर्फको गेटबाट प्रवेश गरी छुट्टै मतदान केन्द्रमा मत दिने व्यवस्था गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण