सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरका ६, कैलाली ७, बाजुरा १ दार्चुला १ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार २ सय ७९ मा एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको थियो । जसमध्ये ६ जनाको मृत्यु भएको छ । त्यस्तै १ हजार ९ सय २६ नमुनाको पिसिआर परीक्षण गर्दा ८ सय ८१ जनामा कोरोना पोजेटिभ पुष्टी भएको निर्देशनालयले जनाएको छ । त्यसमध्ये ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
त्यस्तै , प्रदेशमा हालसम्म ३६ हजार १ सय ७८ मा एन्टिजेन परीक्षण भएको छ । त्यसमध्ये ५ हजार २ सय ६४ जनामा पोजेटिभ पुष्टि भएको छ । एन्टिजेन परीक्षण पश्चात पोजेटिभ रिपोर्ट आएका १ सय ८५ जनाको मृत्यु भएको छ भने ३० हजार ९ सय ३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
त्यस्तै अहिलेसम्म १ लाख ६६ हजार ७ सय २५ नमुनाको पिसिआर परीक्षण भएको छ । पीसीआर परीक्षण गरेकामध्ये २७ हजार ४ सय ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यसमध्ये २ सय १२ जना संक्रमितको मृत्यु भएको कार्कीले जानकारी दिए । पीसीआर परीक्षणमा १ लाख ३९ हजार ३ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए । सुदूरपश्चिममा हालसम्म ३ सय ९७ जनाको संक्रमणबाट मुत्यु भइसकेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण