आपतमाथि आपतः भारतमा ह्वाइट फंगसका चारजना बिरामी भेटिए, यो ब्ल्याक फंगसभन्दा बढी संक्रामक
हालसम्म ब्ल्याक फंगस (म्यूकर माइकोसिस) सँग जुधिरहेको पटनामा ह्वाइट फंगसका बिरामी भेटिएपछि कोकोहोलो मच्चिएको छ । ब्ल्याक फंगसभन्दा बढी घातक मानिने यो रोगका चार बिरामी पछिल्ला केही दिनमा भेटिएका छन् । ह्वाइट फंगस (क्यान्डिडोसिस) फोक्सोको संक्रमणको मुख्य कारण हो । फोक्सोबाहेक छाला, नङ, मुखको आन्तरिक भाग, आन्द्रा, मृगौला, गुप्ताङ्ग र दिमाग आदिलाई पनि संक्रमित गराउँछ ।
पटनाको मेडिकल कलेज एवं अस्पतालमा माइक्रोबायोलोजी विभागका प्रमुख हेड डा. एसएन सिंहले भने, ‘हालसम्म यस्ता चारजना बिरामी भेटिए जसमा कोभिड–१९ जस्ता लक्षण थिए । तर उनीहरु कोरोनाद्वारा नभई ह्वाइट फंगसद्वारा संक्रमित थिए । बिरामीमा कोरोनाका तीन टेस्ट र्यापिड एन्टीजन, र्यापिड एन्टीबडी र आरटी–पीसीआर परीक्षण नेगेटिभ थिए । परीक्षण गर्दा एन्टी फंगल औषधीबाट निको भए । यसमा पटनाका चर्चित सर्जन पनि छन् जसलाई एउटा प्राइभेट अस्पतालमा कोरोना वार्डमा भर्ना गरिएको थियो । परीक्षण गर्दा उनी ह्वाइट फंगसबाट पीडित भएको पत्ता लाग्यो । एन्टी फंगल औषधीपछि उनको अक्सिजन लेभल ९५ पुगेको छ । ’
कोरोना हो कि ह्वाइट फंगस, चिन्न मुश्किलः
ह्वाइट फंगसद्वारा फोक्सोको संक्रमणको लक्षण हाइ रिजोलुशन कम्प्युटेड टोमोग्राफी (एआरसीटी) मा कोरोनाजस्तै देखिन्छ । यसमा अन्तर गर्न मुश्किल हुन्छ । यस्ता बिरामीमा र्यापिड एन्टीजन र आरटी–पीसीआर परीक्षण नेगेटिभ हुन्छ ।
एचआरसीटीमा कोरोनाजस्तो लक्षण (धब्बा) देखिँदा र्यापिड एन्टीबडी टेस्ट र फंगसका लागि खकारको कल्चर गराउनुपर्छ । कोरोना बिरामी जो अक्सिजन सपोर्टमा छन् उनीहरुको फोक्सोलाई यसले संक्रमित गर्न सक्छ ।
प्रतिरोधी क्षमताको कमीले यस्तो भइरहेको छः
ह्वाइट फंगसको पनि त्यहि कारण हो जुन ब्ल्याक फंगसको हो जस्तै प्रतिरोधी क्षमताको कमी । मधुमेह, एन्टिबायोटिकको सेवन वा स्टेरोयडको लामो सेवन । क्यान्सरका बिरामी जो औषधी खाइरहेका छन्, उनीहरुलाई यसले गाँज्ने गर्छ ।
नवजात पनि हुन्छन् संक्रमितः
नवजातमा यो डायपर क्यान्डिडोसिसको रुपमा हुन्छ । जसमा क्रिम रङको सेतो धब्बा देखिन्छ । साना बच्चामा यसलाई ओरल थ्रस्ट भनिन्छ । महिलामा यो ल्यूकोरियाको मुख्य कारण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण