लुम्बिनी प्रदेशमा कोभिड न्यूनीकरणका लागि योजना बनाइँदै
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठले सरकार कोभिड –१९ न्यूनीकरणमा केन्द्रित रहेको बताएका छन् । स्वास्थ्यमन्त्रीमा नियुक्त भएपछि आफ्नो जन्मथलो पाल्पाको रामपुरमा आएका उनले कोभिडको खतराबाट बच्नका लागि प्रदेश सरकारले तत्कालीन, अल्पकालीन र दीर्घकालीन हिसाबले योजना बनाइरहेको जानकारी दिए ।
प्रदेशमा अहिले अक्सिजनको माग झण्डै तीन हजार पाँच सय सिलिन्डर रहेकामा उत्पादन झण्डै दुई हजार एकसय सिलिन्डर रहेकाले नपुग आपूर्तिका लागि बाहिरबाट समन्वय गरेर ल्याउने योजना भइरहेको उनले बताए । उनले कोभिड अस्पताल, रामपुर अस्पतालको पचास शय्याको निर्माणाधीन भवन, पन्ध्र शय्याको आयुर्वेद अस्पताल, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रको अनुगमन तथा निरीक्षण गर्दै जिल्ला अस्पताललाई अक्सिजन प्लान्टका निम्ति रु एक करोड पचास लाख बजेट उपलब्ध गराइएको जानकारी दिए ।
उनले कोभिड रोकथाम र सङ्क्रमितको उपचारका निम्ति एचडियुका लागि पनि रकम आइसकेको बताउन । विभिन्न सामग्री र अक्सिजन खरिदका लागि रामपुर अस्पताललाई रु १५ लाख प्रदेश सरकारबाट प्रदान गरिएको जानकारी दिँदै उनले अस्पतालमा सञ्चालित कोभिड कक्षका लागि दिनमा कम्तीमा पनि एक सय सिलिन्डर मागपूर्तिका लागि उपयुक्त प्रस्ताव माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण