बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुर्खेत  प्रशासनले  भन्याे : अभियानका नाममा स्वेच्छिक रकम संकलन नगर्नू

बिहीबार, ०६ जेठ २०७८, १८ : ४५
बिहीबार, ०६ जेठ २०७८

दाेस्राे चरणकाे काेराना महामारी सुरू भएसँगै समुदायमा संक्रमितकाे सहयोगार्थ संचालित सहयाेग अभियानमाथि जिल्ला प्रशासन कार्यालय सुर्खेतले प्रतिबन्ध लगाएकाे छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक सूचना प्रकाशन गर्दै आफूखुशी कोरोना उपचार तथा निमन्त्रणका नाममा विभिन्न अभियान संचालन गरिएकोले त्यस्ता अभियानका नाममा रकम संकलन गर्ने र जम्मा गर्ने कार्य गर्ने कार्यलाई बन्द गर्न सूचित गरेको छ ।

यसरी रकम संकलन गर्नु र जम्मा गर्नु गैरकानुनी कार्य भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने बताएको छ । यसका साथै स्वेच्छिक रुपमा यसप्रकारको सहयोग रकम जम्मा गर्न चाहनेलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण तथा उपचार कोषको खातामा जम्मा गरी जानकारी दिन समेत अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप