पराजित भएपछि बादलले दिए मत दिनेलाई धन्यवाद, खिमलाललाई बधाई
बिहीबार, ०६ जेठ २०७८, १९ : ४६
उपनिर्वाचनमा पराजित भएका एमाले नेता रामबहादुर थापाले विजयी उम्मेदवार खिमलाल देवकोटालाई बधाई दिएका छन् । यस्तै उनले आफूलाई मत दिने सबै मतदाता आभार समेत प्रकट गरेका छन् ।
‘आजको राष्ट्रियसभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा.खिमलाल देवकोटालाई बधाई’, बादलले सामाजिक सञ्जालमा लेखेका छन् ।
बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदमा आज मतदान भएको थियो । बादल पराजित भएका छन् भने सर्वोच्चको आदेशमा उनको मन्त्री पद अर्को आदेश नहुँदासम्मका लागि गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण