बेलायतमा ७० प्रतिशत बढीले लगाए कोरोनाविरुद्धको खोप
लन्डन । बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएयता ७०.७ प्रतिशत वयस्कले खोपको पहिलो डोज लगाएका छन् । बिहीबारसम्म सार्वजनिक सरकारी तथ्याङ्कअनुसार कोरोना विरुद्धको पहिलो डोज लगाउनेको संख्या तीन करोड ७२ लाख ५० हजार ३६३ पुगेको छ ।
यसैगरी दुई करोड १२ लाख ३९ हजार ४१७ जना अर्थात् ४०.३ प्रतिशतले खोपको दोस्रो डोज लगाएका छन् । बेलायतमा हालसम्म पहिलो र दोस्रो दुवै गरी ५ करोड ८४ लाख ८९ हजार ८३४ डोज खोप वितरण भैसकेको ‘डिपार्टमेन्ट अफ सोशल केयर’ ले जानकारी दिएको छ । बेलायतमा एकसय जनामध्ये ८७ जनाले खोप लगाएका छन् ।
विश्वभरको तथ्याङ्क हेर्दा हालसम्म १.५६ बिलियन डोज खोप वितरण भइसकेको छ । जसका आधारमा हरेक एक सय जनामध्ये २० जनाले खोप लगाएका छन् । पछिल्लो २४ घन्टामा बेलायतमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७०१ पुगेको छ । पछिल्लो समय बेलायतमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण निरन्तर बढ्दै गएको छ ।
इङ्ग्ल्यान्डका २३ वटा इलाकामा फैलिएको उक्त भाइरस बेडफोर्ड, बर्नली, हन्स्लो, किर्कलेस, लेइस्टर, नर्थ टाइनसाइड लगायत क्षेत्रमा बढी देखिएको छ । सोमबार करिब २३ सय केस भएकामा तीन हजारभन्दा बढी इण्डियन भेरियन्टका केस भेटिएको सञ्चारमाध्यमले जनाएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार ८७४ जनामा संक्रमण पुष्टि स्वास्थ्य विभागले ले जानकारी दिएको छ ।
नयाँ सँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ५५ हजार २२१ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या करिब ४० हजार रहेको छ भने ४२ लाख ८४ हजार भन्दा बढी संक्रमित निको भइसकेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण