‘वेलकम टु हेम्जाकोट’ को ९० प्रतिशत छायाँकन सम्पन्न
फिल्म ‘वेलकम टु हेम्जाकोट’ को ९० प्रतिशत छायाँकन सकिएको छ । निषेधाज्ञा अगाडि फिल्म फ्लोरमै थियो । निषेधाज्ञा जारी भएपछि फिल्मको छायाँकन रोकिएको कलाकार दिनेश खड्काले बताए । ‘केही दिनको मात्र छायाँकन बाकी रहेको थियो’ खड्काले भने ‘महामारीले रोक्यो ।’ फिल्मको छायाँकन निषेधाज्ञा खुल्ने बितिकै हुने उनको भनाई रहेको छ ।
समसामयिक विषयवस्तुमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, बिनोद न्यौपाने, दिनेश खड्का, जयनन्द लामा, विशाल पहारी, रवि गिरी, रश्मि भट्ट, शारदा गिरी, सुजाईरा कार्की, सन्दीप सिग्देल, अस्मिता पन्थ, अम्बिका तामाङ आदि कलाकारले अभिनय गरिरहेका छन् ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्मलाई सुमन खड्का, जितेन्द्र गिरी र तेजप्रसाद दाहालले निर्माण गरेका हुन् । कास्की, मनाङ्ग, काठमाडौं तथा सिक्किमका रमणीय लोकेशनमा छायाँंकन गरिएको यो फिल्म विशुद्ध मनोरञ्जनात्मक हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग
-
मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै