‘वेलकम टु हेम्जाकोट’ को ९० प्रतिशत छायाँकन सम्पन्न
फिल्म ‘वेलकम टु हेम्जाकोट’ को ९० प्रतिशत छायाँकन सकिएको छ । निषेधाज्ञा अगाडि फिल्म फ्लोरमै थियो । निषेधाज्ञा जारी भएपछि फिल्मको छायाँकन रोकिएको कलाकार दिनेश खड्काले बताए । ‘केही दिनको मात्र छायाँकन बाकी रहेको थियो’ खड्काले भने ‘महामारीले रोक्यो ।’ फिल्मको छायाँकन निषेधाज्ञा खुल्ने बितिकै हुने उनको भनाई रहेको छ ।
समसामयिक विषयवस्तुमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, बिनोद न्यौपाने, दिनेश खड्का, जयनन्द लामा, विशाल पहारी, रवि गिरी, रश्मि भट्ट, शारदा गिरी, सुजाईरा कार्की, सन्दीप सिग्देल, अस्मिता पन्थ, अम्बिका तामाङ आदि कलाकारले अभिनय गरिरहेका छन् ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्मलाई सुमन खड्का, जितेन्द्र गिरी र तेजप्रसाद दाहालले निर्माण गरेका हुन् । कास्की, मनाङ्ग, काठमाडौं तथा सिक्किमका रमणीय लोकेशनमा छायाँंकन गरिएको यो फिल्म विशुद्ध मनोरञ्जनात्मक हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण