शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी लगानीका सिमेन्ट उद्योगको उत्पादन क्षमता उच्च : राष्ट्र बैंक

शुक्रबार, ०७ जेठ २०७८, १३ : ५५
शुक्रबार, ०७ जेठ २०७८

विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र लागत न्यून रहेको नेपाल राष्ट्र बैंकको एउटा अध्ययनले देखाएको छ । उत्पादन र लगानी क्षमताका आधारमा नेपालमा वैदेशिक लगानीका सिमेन्ट उद्योगको बाहुल्यता रहेको केन्द्रिय बैंकको अध्ययनमा भनिएको छ ।

नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी  

आर्थिक सामाजिक प्रभावको अध्ययन अनुसार ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेको देखिन्छ । यसैगरी, आन्तरिक रुपमा यी उद्योगहरूबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ भने १५ लाख ६० हजार मेट्रिक टन आयात भएको देखिन्छ ।

प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ । नेपालमा हाल सञ्चालित ५५ सिमेन्ट उद्योगहरुमध्ये ३ प्रत्यक्ष विदेशी लगानी (होङ्सी, अर्घाखाँची, मारुती सिमेन्ट) , २ सरकारी स्वामित्व (उदयपुर र हेटौडा) र ५० निजी स्वामित्वका रहेका छन ।

सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको छ । मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही वर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको राष्ट्र बैंकको भनाइ छ । स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप