नेपाल डिजिटल पेमेन्ट कम्पनी पनि एनसीएचएलमा आवद्ध, ग्रामीण क्षेत्रमा वित्तीय सेवाहरु डिजिटल माध्यमबाट विस्तार गर्न पहल गर्ने

काठडमाडौं । नेपाल दूरसञ्चार तथा राष्ट्रिय वाणिज्य बैंकबाट संयुक्त रुपमा स्थापना गरिएको नेपाल डिजिटल पेमेन्ट कम्पनी र नेपाल क्लियरिङ्ग हाउस बीच डिजिटल भुक्तानीको क्षेत्रलाई थप विस्तार गर्न सहकार्यताको लागि सम्झौता भएको छ । सो सम्झौतामा एनडीपीसीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
सम्झौता पश्चात् एनडीपीसीले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आईपीएस तथा कनेक्ट आईपएिस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सकिन्छ । यसबाट एनडीपीसीले आफ्नो वित्तीय सेवाहरु डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा पनि विस्तार गरी बैंकिङ्ग पहुँच बढाउन थप पहल गर्नेछ ।
हाल प्रारम्भिक टेस्टिङको चरणमा रहेको एनडीपीसीको मोबाइल वालेट सञ्चालनमा आएपश्चात् अनलाइन र अफलाइन दुबै अवस्थामा तथा फिचर फोन प्रयोगकर्ताहरुले समेत उक्त मोबाइल वालेट प्रयोग गर्न मिल्ने छ । एनडीपीसीले हालै नेपाल राष्ट्र बैंकबाट “नमस्ते पे” सञ्चालन गर्न भुक्तानी प्रणाली सञ्चालकको अनुमति पनि प्राप्त गरिसकेको छ ।
दूरसञ्चार कम्पनीले प्रवद्र्धन गरेको एक मात्र भुक्तानी सेवा प्रदायक एनडीपीसी तथा बैंक वित्तीय संस्थाहरुले प्रवद्र्धन गरेको भुक्तानी प्रणाली सञ्चालक एनसीएचएल बीचको यस सहकार्यले दूरसञ्चारको पूर्वाधार र ग्राहक तथा डिजिटल भुक्तानीको पूर्वाधार–बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई जोड्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कला–संस्कृति राष्ट्रको गौरव हुन्ः मन्त्री पाण्डे
-
विपद् जोखिम न्यूनीकरणबारे जेनेभामा सशस्त्रका महानिरीक्षकको सम्बोधन
-
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ
-
विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्रीको जोड
-
वाईसीएलको नेतृत्व छनोट बुधबार, पदाधिकारीमा ९९ जना आकाङ्क्षी
-
प्रधानमन्त्रीसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल