बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

कला–संस्कृति राष्ट्रको गौरव हुन्ः मन्त्री पाण्डे

मङ्गलबार, २० जेठ २०८२, २२ : ४८
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले कला-संस्कृतिको प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई सहयोग गर्नुपर्ने बताए।
  • काठमाडौंमा हिमालयन ट्राभल मार्ट (एचटीएम) को उद्घाटन गर्दै उनले जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि सहकार्यको आवश्यकता औंल्याए।
  • मार्टमा ३० भन्दा बढी देशका पर्यटन व्यवसायीको सहभागिता रहेको छ, जसले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेछ।

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने कला–संस्कृति राष्ट्रको गौरव भएको बताएका छन्। 

नेपाल पर्यटन बोर्डले पाटा नेपाल, नेपाल एयरलाइन्सलगायत अन्य निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरेको अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’ को आज उद्घाटन मन्त्री पाण्डेले देशको पर्यटन क्षेत्रलाई सहयोग पुर्‍याउने कला–संस्कृतिको प्रवर्द्धन गर्नुपर्नेमा मन्त्री पाण्डेले जोड दिए।

जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि सबै लाग्नुपर्ने बताउँदै उनले सार्वजनिक र निजी क्षेत्रबिच बलियो सहकार्य बढाउनुपर्ने बताए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल प्रकृतिमा आधारित पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताए। उनले भने, “नेपालका हिमाल मात्र होइन, यहाँका सांस्कृतिक र जैविक विविधता पनि पर्यटकीय आधारहरू हुन् ।” 

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले आयोजना गरेको मार्टमा ३० भन्दा बढी मुलुकका १०० बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी ७०० प्रतिनिधिको सहभागिता छ । नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घ, संस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा सो मार्ट आयोजना गरिएको हो ।

मार्टअन्तर्गत सञ्चालित सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताले आध्यात्मिक, साहसिक र ‘लक्जरी’ पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन् ।

त्यसैगरी बिटुबी कार्यक्रमअन्तर्गत यस वर्ष मार्टले संयुक्त राज्य अमेरिका, युरोप, अस्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सिआइएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बङ्गलादेश र श्रीलङ्का गरी छ वटा गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ बढी बिक्रेता सहभागी हुने नेपालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?