जङ्गल जोगाउन गाउँपालिकाद्वारा ग्यास वितरण
दाउरा कम पाइने डोल्पाको काइके गाउँपालिकामा सबै घरपरिवारलाई खाना पकाउने ग्यास वितरण गरिएको छ ।
दाउरा अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रतिघर दुईवटा ग्यास सिलिण्डर र एउटा चुलो वितरण गरिएको काइके गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए ।
सातवटा वडा रहेको गाउँपालिकाको कूल जनसङ्ख्या पाँच हजार हाराहारी छ । सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा ग्यास, चुलो वितरण गरिएको रोकायले बताए ।
उनले रु एक करोड एक लाख २५ हजारमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको जानकारी दिए । वनजङ्गल संरक्षण तथा धुवाँधुलोबाट बच्नका लागि यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले बताएको छ ।
अत्यधिक चिसो हुने यस ठाउँमा दाउराबाट आगो बाल्न मुश्किल हुनुका साथै काममा निस्किँदासमेत छिट्टै आगोको जोहो गर्न समस्या भएपछि ग्यासको अवधारणा ल्याइएको बताएको छ । ग्यास सिलिण्डर नेपालगञ्जबाट खरिद गरी जाजरकोट हुँदै डोल्पासम्म गाडीमा ढुवानी गरिएको हो । दुनैबाट काइकेसम्म खच्चडमा बोकाएर ढुवानी गरिएको थियो ।
प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गरिएको छ । दुई हजार सिलिण्डर र एक हजार ५० वटा चुलो वितरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण