सेती अस्पतालमा परीक्षण : ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि
कैलाली । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ नमुनाको परीक्षण गर्दा ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
परीक्षणमा ४ सय ६३ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । । त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा कोरोना संक्रमणबाट हालसम्म निको हुने बिरामीको संख्या ८ सय १५ रहेको छ भने उपचाररत बिरामीको संख्या १ सय ३ रहेको उनले बताए ।
त्यस्तै अहिलेसम्म मृत्यु हुनेको १४५ पुगेको छ । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा ९ जना नयाँ बिरामी अस्पताल भर्ना भएका छन । हालसम्म ९४ हजार ५ सय ६८ जनामा पीसीआर परीक्षण गर्दा १६ हजार २ सय २१ जनामा कोरोना पाजेटिभ पुष्टी भएको छ । त्यस्तै ७८ हजार ३ सय ४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण