राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सप्तरीमा प्रदर्शन
शनिबार, ०८ जेठ २०७८, १९ : ३६
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोध गर्दै सप्तरीमा प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरीले विरोध प्रदर्शन गरेको हो । राजविराजमा आयोजित विरोध प्रदर्शनमा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला अध्यक्ष अमर कुमरा मण्डलले प्रधानमन्त्री ओलीले अवैधानिक रुपमा प्रतिनिधिसभाको विघटनको सिफारिस गरेकै आधारमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेको आरोप लगाए ।
उनले कोरोना महामारीको बेलामा जनतालाई सहज उपचारको व्यवस्था गर्नुपर्ने बेलामा ज्यानमारा ढंगले निर्वाचनको घोषणा गरिनु संविधानको बर्खिलाप रहेको बताए । राजविराजस्थित काली मन्दिरबाट निस्केका जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्दै दर्शन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण