२ अर्ब ७० करोडको तयारी औषधि आयात
आइतबार, ०९ जेठ २०७८, १३ : १५
काठमाडौं । वैशाखदेखि जेठको पहिलो हप्तासम्म २ अर्ब ७० करोड रुपैयाँ बराबरको औषधिजन्य वस्तु आयात भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गत बैशाख १ गतेदेखि जेठ ६ गतेसम्मको आयातको विवरण सार्वजनिक गर्दै मन्त्रालयले कुल २ अर्ब ७० करोड ३ लाख ७० हजार रुपैयाँ बराबरको तयारी औषधि आयात भएको जनाएको हो ।
विभागका अनुसार यस्तो आयात जेठको पहिलो हप्तामा मात्रै ६ करोड ८३ लाख रुपैयाँ बराबरको रहेको जनाएको छ । त्यस्तै सोही अवधिमा ७९ करोड ६५ लाख ७० हजार रुपैयाँ बराबरको औषधिजन्य कच्चा पदार्थ समेत आयात भएको विभागले जनाएको छ ।
यता कोभिड–१९ को तिब्र संक्रमण रोकथाम र उपचारलाई विशेष प्राथमिकता दिने उद्देश्यले सरकारले स्वास्थ्य सम्बन्धित औषधि, मेडिकल सामाग्री तथा उपकरणहरुको आयातमा तिब्र भन्सार जाँच पासको सुविधा प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण