काठमाडौंको सोह्रखुट्टेमा रहेको सेनिटाइजर उद्योगमा छापा
सञ्चालक पक्राउ
आइतबार, ०९ जेठ २०७८, १७ : ५९
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेमा रहेको सेनिटाइजर उद्योगमा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर स्वास्थ्यका लागी हानिकारक भनिएको सेनिटाइजर जफत गरेको छ ।
लामा समीप इन्टरप्राइजेज प्रालिमा छापा मारेर त्यहाँबाट उत्पादित सेनिटाइजर बरामद गरिएको परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । प्रहरीले सो उद्योगका सञ्चालक सुमनबहादुर तामाङलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर–१६ बाट ‘उत्पादन मुलक र सेवामुलक वस्तु उत्पादन’ गर्ने अनुमति लिएर सेनिटाइजर उत्पादन गरेको सञ्चालकको भनाइ छ । तर, स्वास्थ्य सम्वन्धी सामग्री उत्पादन गर्न स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्छ ।
त्यहाँबाट उत्पादित सेनिटाइजर हानिकारक मिथानेलको मिश्रण रहेको प्रहरीले दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण